
काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् । नेपाली पर्यटक १२७ जना रहेका छन् । अमेरिकी पर्यटक ६५ र युक्रेनका ५३ पर्यटक सम्पर्कविहिन रहेको तथ्यांक छ ।
यसैगरी ,मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक वेपत्ता रहेको तथ्यांक छ । सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ र लात्भिया, दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक वेपत्ता रहेको बोर्डले जनाएको छ ।
