
काठमाडौँ । नाडा अटो शो २०२६ को अवसरमा दिपल एस०५ म्याक्सको विशेष मूल्य सार्वजनिक गरिएको छ।
नेपालका लागि दिपल विद्युतीय सवारीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले एस०५ म्याक्सलाई ६१ लाख ४९ हजार रुपैयाँदेखि उपलब्ध गराउने जनाएको छ।
कम्पनीले उक्त विशेष मूल्य नाडा अटो शोको समापनसम्म लागू बताएको छ ।
दिपल एस०५ ले प्रिमियम विद्युतीय सवारीको बजारमा राम्रो उपस्थिति बनाएको कम्पनीको दाबी छ। आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर, अत्याधुनिक प्रविधि र आरामदायी ड्राइभिङ अनुभव यसका प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ।कम्पनीले लक्जरी, प्रविधि, डिजाइन र दैनिक प्रयोगको व्यावहारिकतालाई संयोजन गरिएको एस०५ म्याक्स प्रिमियम इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकका लागि आकर्षक विकल्प हुने जनाएको छ।
अन्य जानकारी नाडा अटो शोमा लिन सकिने बताइएको छ ।

