
काठमाडौँ। विश्वकपको दोस्रो खेलमा केपभर्डेले सानदार खेलेको छ ।
दुईपटकको विश्वविजेता उरुग्वेविरूद्ध समूह चरणको दोस्रो खेलमा केपभर्डेले सानदार खेलेको हो ।
उरुग्वे १९३० र १९५० मा विश्वकप जितेको मुलुक हो । केपभर्डे भने विश्वकपमा पहिलोपटक प्रवेश गरेको राष्ट्र हो ।
उरुग्वेसँग केपभर्डेले २-२ को बराबरी गरेको छ । विश्वविजेता स्पेनसँगको पहिलो खेलमा गोलरहित बराबरी गरेको केपभर्डेले विश्वकपमा आफ्नो गोल दर्ता गराएको हो ।
