
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मुस्ताङमा रहेको पवित्र मुक्तनाथ मन्दिरको दर्शन गरेका छन् ।
शनिबार साँझ स्थलमार्ग हुँदै मुक्तिनाथ मन्दिर पुगेर उनले दर्शन गरेका हुन् ।
प्रधानमन्त्री बालेन मुस्ताङ भ्रमणका लागि शुक्रबार काठमाडौंबाट स्थलमार्ग हुँदै पोखरा प्रस्थान गरेका थिए । काठमाडौंबाट निस्किँदा उनी मुक्तिनाथ दर्शनमा पुग्ने–नपुग्नेबारे खुलाइएको थिएन ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार उनी मुक्तिनाथ दर्शन गरेर साँझ जोमसोम फर्किसकेका छन् ।

