
काठमाडौँ।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भारतीय सेनाप्रमुख समेत रहेका स्थल सेनाध्यक्ष धीरज सेठले शिष्टाचार भेट गरिरहेका छन् ।
तीनदिने नेपाल भ्रमणमा रहेका सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए । त्यसपछि उनले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहलाई भेटेका हुन् । भेटपछि तीनदिने औपचारिक भ्रमणका पुरा गरेर उनी आजै भारत फर्कनेछन् ।
१९५० को नेपाल–भारतमैत्री सन्धियता एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।





