
काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले भेटवार्ता गरेका छन् ।
सोमबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटघाटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।
सेठ आइतबार अपराहन्न काठमाडौं आएका हुन् ।


