accident
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा माझीका बुबा कलबबहादुर माझी र खानीखोला-२ की पातलीमाया मोक्तान रहेका छन् ।
पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
जिपमा सवार खानीखोला-४ का ताराबहादुर माझीले भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् ।
उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।



