
सल्यान । अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग करिब ५ घण्टापछि सञ्चालनमा आएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका-४ अरिङ्गाले फेदीमा आइतबार बिहान करिब ५ बजे सडकमाथिबाट पहिरो खसेपछि राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
पहिरो खसेपछि दाङबाट सल्यान तथा रुकुमतर्फ जाने र सल्यान तथा रुकुमबाट दाङ, नेपालगञ्ज, काठमाडौंलगायतका स्थानतर्फ जाने दर्जनौँ सवारीसाधन सडकमा रोकिएका थिए।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दीपक पातलीका अनुसार एक्स्काभेटरको प्रयोग गरी पहिरो हटाएर करिब ५ घण्टा पछि यातायात सञ्चालनमा ल्याइएको हो।



