
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपासमा छ । पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको विभागले बताएको छ ।आज देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ ।
राति र दिउँसो केही प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।
विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने जानकारी दिएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान र मधेस, कोसी तथा वाग्मती प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ ।
