
दान दिनुको महत्व र मजा
राजीव श्रेष्ठ
कसैलाई केहि कुरा दिएर पाईने आत्मसन्तुष्टि अद्भुत र आश्चर्यजनक हुन्छ। यस संसारका अधिकांश कुराहरूमा तपाईंले दिन सक्ने मात्रा सीमित हुन्छ। तर सौभाग्यवश, उदारता र दयाभाव यस्ता भौतिक सीमितताहरूमा बाँधिँदैनन्। जीवनको एउटा आधारभूत नियम यो हो कि, “ प्रेम, दया र उदारताको हरेक कार्य गुणात्मक रूपमा बढ्छ र कैयौं गुणा बढी भएर तपाईंमाझ फर्कन्छ। तपाईं जति धेरै दिनुहुन्छ,त्यति नै बढी खुसी महसुस गर्नुहुनेछ।”
हजारौं वर्षअघि बेबिलोनका एक महान् ऋषिले भनेका थिए, “दानको प्रतिफल पूर्ण रूपमा त्यसमा निहित दयाभावको मात्रामा निर्भर गर्दछ।” जीवनको एउटा अद्भुत विरोधाभास यो हो कि,बदलामा केही पाउने अपेक्षा। जब तपाईं बदलामा केही पाउने सोच वा चाहनाबिना नै दिनुहुन्छ, तब तपाईंले प्राप्त गर्ने प्रतिफल साँच्चै असीमित हुनेछ। दान दिने प्रचलनले आत्मविश्वास जगाउँछ। सोचमा हुने दयाले गहिराइ ल्याउँछ। दिने भावमा हुने दयाले प्रेम सिर्जना गर्छ। हाम्रा प्राचीन धर्म ग्रन्थहरुमा पै दान महात्मयको वर्णन पाईन्छ ।भागवत गीतामा दानलाई सात्विक, तामसिक र राजसी गरी तीन प्रकारमा विभाजित गरिएको छ। उपत्यकाका बौधहरु स्म्यक दान तथा पण्चदान जस्ता पर्वहरु मनाउँछन । यी दुवै उत्सवमा दिपकँर बुद्धका मुर्तिहरु बहल वा सडकमा सजाइन्छ । विशेषगरी, पण्चदानमा मान्छेले भिक्षुलाई चामल, धान, नून,पैसा, गेडागुडी वा फलफूल,यी पाँच दैनिक उपभोगी वस्तु दिन्छन ।
परोपकारको मामिलामा प्राःयजसो मानिसहरु खुट्टा कमाउँछन । कतिपयले भने मसँग के नै छ र, म दिने सामर्थ्य राख्दछु भन्ने सोच राख्छन ।
तल उल्लेखित कुराहरू ती उपहारहरू हुन् जुन हामी सबैसँग छन् र जसबाट अरूलाई फाइदा पुग्न सक्छ। तपाईंले जे दिनुहुन्छ, त्यही नै तपाईंको भावनाको अनुपातमा फिर्ता आउँछ। यो एकदमै सरल कुरा हो। यदि तपाईं अझ बढी आनन्द अनुभव गर्न चाहनुहुन्छ भने अरूलाई खुसी दिनुहोस्। यदि तपाईं धेरै माया चाहनुहुन्छ भने माया दिन सिक्नुहोस् । यदि तपाईं ध्यान र प्रशंसा चाहनुहुन्छ भने अरूको प्रशंसा गर्न सिक्नुहोस्। यी जीवनका सबैभन्दा बहुमूल्य उपहारहरू हुन् र यिनका लागि तपाईंलाई कुनै खर्च लाग्दैन। जब तपाईं कसैलाई भेट्नुहुन्छ, तपाईं मनमनै उनीहरूका लागि सुख, आनन्द र हाँसोको कामना गर्दै आशीर्वाद पठाउन सक्नुहुन्छ। यस्तो प्रकारको मौन दान वा सहयोग धेरै शक्तिशाली हुन्छ। यसो गर्नुहोस् (कुनै प्रतिफलको अपेक्षा नगरी) र तपाईंले अचानक देख्नुहुनेछ कि तपाईं वरपरका मानिसहरू खुसी र आनन्दका साथ तपाईंसँग नजिकिँदै छन्।
प्राचीन चीनमा लाओ त्सुले लेखेका थिए,“शब्दमा देखाइने दयाले आत्मविश्वास जगाउँछ। सोचमा देखाइने दयाले गहिराइ (गहनता) ल्याउँछ। दिने कार्यमा देखाइने दयाले प्रेम सिर्जना गर्छू । ”
तल उल्लिखित कुराहरू ती उपहारहरू हुन् जुन हामी सबैसँग हुन्छन् र जसबाट अरूलाई फाइदा पुग्न सक्छ।
१.आफ्ना प्रतिभा वा सीपको सदुपयोग गर्नुहोस :
कसैलाई एक घण्टा प्रशिक्षण दिनुहोस्, बालबालिकाको हेरचाहमा सहयोग गर्नुहोस्, वा यदि तपाईंसँग प्लम्बिङ, पेन्टिङ वा ल्यान्डस्केपिङ (बगैँचा सजावट) जस्ता सीपहरू छन् भने तिनको प्रयोग गर्नुहोस्।
२.वस्तुहरू दान गर्नुहोस :
आफ्नो घर सफा गर्नुहोस् र दराजबाट नचाहिने सामानहरू हटाउनुहोस्। आफूले प्रयोग नगर्ने वा आवश्यक नपर्ने सामानहरू परोपकारी संस्थालाई दिनुहोस्। तपाईंको लागि काम नलाग्ने सामान अरू कसैका लागि बहुमूल्य सम्पत्ति बन्न सक्छ।
३.रक्तदान गर्नुहोस :
कसैको ज्यान बचाउनुहोस्। मैले धेरै पटक यस्तो गरेको छु, कसैको जीवन बचाउन मद्दत गरिरहेको छु भन्ने महसुस गर्नु निकै सुखद अनुभूति हो।
४.आफूलाई समर्पित गर्नुहोस :
भेटघाट, फोन कल, इमेल, सन्देश वा कार्डमार्फत कसैलाई माया, विशेष महसुस र कदर गरिएको अनुभव गराउनुहोस्। आफैंले बनाएको उपहार दिनुहोस्। प्रशंसा, कृतज्ञता र कदर व्यक्त गर्नुहोस्। यसले हृदयदेखि हृदयसम्मको सम्बन्ध जोड्छ।
५.सिफारिस गर्नुहोस:
कुनै उत्कृष्ट ब्ल पुस्तक, रेस्टुरेन्ट, उत्पादन वा सेवाको जानकारी बाँडेर कसैको जीवन समृद्ध बनाउनुहोस्। तपाईंको सन्देश यस्तो हुनुपर्छ, “यो मेरो लागि निकै राम्रो कुरा साबित भयो र म यसलाई तपाईंसँग बाँड्न चाहन्छु।“
६.हाँसोको उपहार दिनुहोस:
हाँसोले अरूमा स्वास्थ र खुसी ल्याउँछ। यसले शारीरिक, मानसिक र आध्यात्मिक लाभहरू प्रदान गर्छ। सबैसँग खुलेर र बारम्बार हाँस्नुहोस्।
७.निमन्त्रणा दिनुहोस:
कुनै पनि कार्यक्रममा निम्त्याइनुको अर्थ मानिसहरू तपाईंसँगै रहन चाहन्छन् भन्ने हो। जब तपाईं कसैलाई आफ्नो जीवनमा निम्त्याउनुहुन्छ, तपाईं भनिरहनुभएको हुन्छ।“म तपाईंसँग समय बिताउन चाहन्छु, तपाईं मेरो लागि महत्त्वपूर्ण हुनुहुन्छ।”
८.स्नेह प्रदान गर्नुहोस:
उचित तरिकाले अँगालो हाल्नुहोस्, गालामा चुम्बन गर्नुहोस्, पिठ्युँमा मुसार्नुहोस्, पाखुरामा छुनुहोस् वा स्नेहपूर्ण नजरले हेर्नुहोस्। स्नेह र स्वीकार्यताको आवश्यकता हामीलाई सधैं रहिरहन्छ। स्पर्शले भावनात्मक घाउहरू निको पार्छ।
९.राम्रो सल्लाह दिनुहोस :
यस्तो प्रश्न सोध्नुहोस , “के तपाईं सल्लाह चाहनुहुन्छ वा म तपाईंको कुरा सुनूँ भन्ने चाहनुहुन्छ ?” आवश्यक पर्दा र चाहना हुँदा दिइएको सल्लाह जीवन बचाउने खालको हुन सक्छ। बाँडिएका अनुभव र ज्ञान अमूल्य उपहार हुन्।
१०.प्रोत्साहन दिनुहोस:
जब मानिसहरू शंका र डरले भरिएका हुन्छन्, उनीहरूमा साहसको कमी हुन्छ। जब तपाईं कसैलाई आफ्ना सपनाहरू साकार पार्न प्रेरित र उत्साहित गर्नुहुन्छ, यसले उनीहरूको जीवन परिवर्तन गर्न सक्छ। तपाईं संसारलाई अझ राम्रो ठाउँ बनाउँदै हुनुहुन्छ।
वास्तविक दान वा सहयोग भनेको बदलामा केही नखोज्नु हो। अवसर मिल्दा दिनुहोस्। कसैले केही दिएको छ र त्यसको गुन तिर्नुपर्छ भन्ने सोचले होइन। अघिल्लो पटक आफूले दिएको थिएँ भन्दैमा फेरि दिन हिचकिचाउनु हुँदैन ।


