काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न तयार भएको बताएको छ । बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले गुरुङ स्वयंले केही गल्ती भए छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएको जानकारी दिए ।
उनले भने “कुनै ठाउँमा गल्ती भएको छ भने उहाँ स्वयंले मेरो विषयमा छानबिन होस् भन्नुभएको छ । छानबिन गराउन कांग्रेस तयार छ।”