
गीत
निरुपम श्रेष्ठ
संसारको प्रिय
संसारको प्रिय मान्छे भयौ तिमी अब
आँखाबाट खस्यौ भने रुनुसम्म रुन्छु तब
नजिक कतै नपाउँदा अभावमा मन जल्छ
हरायौ कि धर्तीबिचै, जून बनी खोजूँ लाग्छ
संसारको प्यारो मान्छे भयौ तिमी अब
आँखाबाट खस्यौ भने रुनुसम्म रुन्छु तब
मन मुटु छुटिगए टुक्रा टुक्रा हुन्छु
पर्खेर अन्तिम यात्रा तिमी हेरी बिदा हुन्छु
संसारको आफ्नो मान्छे भयौ तिमी अब
आँखाबाट खस्यौ भने रुनुसम्म रुन्छु तब ।
सिन्धुली
