काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दैछ ।
बैठकले पार्टीको १५औं महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्ने बताइएको छ