
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाउने प्रतिबद्धता जाहेर गरेकी छिन् ।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
समितिको बैठकमा सहभागी सांसदहरूले सरकारले विभिन्न १७ देशका निम्ति राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठाएका थिए । मन्त्री राणाले आउँदा दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिस गर्ने प्रतिबद्धता जनाइन् ।
यर्सैक्रममा उनले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भए पनि नपाएको उनले जानकारी गराइन् । साथै निश्चित सहभागिता गराउनैपर्ने बाध्यकारी कानूनी ब्यवस्थाको अपरिहार्यता औल्याइन ।






