
काठमाडौँ।नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।
उपचारमै रहेका पाण्डेलाई शुक्रबार बेलुका घर पठाइएको थियो ।
घरमै उनको निधन भएको हो । त्यसअघि पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यसपछि शुक्रबार नै उनलाई चिकित्सकको सुझावअनुसार घरमै लगिएको थियो ।
घरमै लगिएपछि बेलुका पौने ८ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।
पाण्डे २०३६ सालको जनमत संग्रहका बेला शासकहरुले जथाभावी खर्च गर्न खोजेपछि अर्थसचिवबाट राजीनामा दिएका थिए । अध्ययन अनुसन्धानमा सक्रिय पाण्डे २०४६ सालको जनआन्दोलनका बेला नागरिक समाजको तर्फबाट अगुवाइ गरेका थिए ।
२०४७ सालमा बनेको अन्तरिम सरकारमा उनी अर्थमन्त्री भएका थिए । त्यसपछि २०६२–६३ मा भएको लोकतान्त्रिक आन्दोलनमा पनि अगुवाइ भूमिकामा थिए ।




