काठमाडौं । ।गत सातादेखि लगातार घट्न थालेको सेयर सूचक आज सोमबार पनि बजारमा ९.६२ अंकअंकले घटेको छ। लगातार पाचौं दिन पनि सेयर बजारमा (नेप्से) ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा रोकिएको थियो ।
आज सोमबार नेप्सेमा कुल ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री र सिटिजन्स सुपर म्युचअल फन्डको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।






