
बुटवल । नेपाली कांग्रेसका कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । शाह कपिलवस्तु-३ बाट निर्वाचित सांसद हुन् ।
आक्रमणमा संघीय सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित शर्माको निवासमा प्रवेश गरेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक भएको छ ।
कपिलवस्तु जिल्ला अदालतले सांसद शाहलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले उनको खोजी गरिरहेको बताएको छ ।






