
काठमाडौँ । काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन् । निजले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।