
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
विष्णु पौडेलको हकमा पत्नी दोमाया पौडेलले बुधबार बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् । बिना प्रमाण पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न माग गरिएको छ।
सर्वोच्चद्धारा बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि बिहीबारका लागि पेसी तोकिएको छ ।
