काठमाडौं। नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक कामका परिचालित हुने गरी सय दिने अभियान चलाउने घोषणा गरेको छ ।
केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश तयार गरेको छ ।
अभियान १ असोजबाट सुरु भएर सांगठनिक विशेष अभियान १० पुसमा सकिने छ । पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ ।
७७ जिल्लाका लागि केन्द्रीय प्रतिनिधि छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको कांग्रेसले जानकारी गराएको छ । केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानु अघि केन्द्रले अभिमुखीकरण कार्यक्रम राख्ने भएको पनि बताइएको छ । जिल्लामा पठाउँदा प्रतिवेदनमा समावेश गर्नुपर्ने विषयहरुको ढाँचा समेत दिएर प्रतिनिधिलाई जिल्लामा पठाउने कांग्रेसले जानकारी गराएको छ ।






