
काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरेका नेकपा एमालेका ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ।
आयोगले बुधबार दल त्याग गरी पद रिक्त भएको बारे एक सूचना प्रकाशन गर्दै २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भई हाल अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी गराएको हो।
यसरी दल त्याग गर्दा वडाअध्यक्ष पद जानेहरुमा कमल बहादुर बानिया – मोलुङ गाउँपालिका, वडा नं. १ ९ओखलढुंगा,२. कमल तामाङ – मोलुङ गाउँपालिका, वडा नं. ६ ओखलढुंगा, ३. शुरेश कुमार थापा – चम्पादेवी गाउँपालिका, वडा नं. ७ ओखलढुंगा, ४. राज कुमार पन्थी – माथागढी गाउँपालिका, वडा नं. १ पाल्पा,५. होमप्रसाद बजगाई – बागमती गाउँपालिका, वडा नं.७ ९ललितपुर, ६. राम कुमार श्रेष्ठ – लेटाङ नगरपालिका, वडा नं. ४ मोरङ,७.महेश कुमार खनाल – रंगेली नगरपालिका, वडा नं. १ मोरङ, ८.मधुसुदन शर्मा – घोराही उपमहानगरपालिका, वडा नं. ४ दाङ, रहेका छन् ।

