
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार (साउन ३०) गृहक्षेत्र झापा पुगेका छन् ।
विमानमार्फत उनी झापा गएका हुन् ।
भद्रपुर विमानस्थलमा ओलीलाई स्वागत गर्न ठूलो संख्यामा कार्यकर्ता उपस्थित भए । झापामा रहँदा उनले पार्टीका स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्नेछन् । स्थानीय कार्यक्रममा पनि उपस्थित हुने एमालेले जनाएको छ ।
गत वर्ष फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् ।


