
काठमाडौँ।प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित भएको छ ।
आज सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको बैठक भोलि सम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।
प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्बाटै नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।




