
काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर राजधानी काठमाडौंमा आयोजित ‘हरित काव्य
गोष्ठी–२०८३’ साहित्य, सिर्जना र पर्यावरणीय चेतनाको अनुपम संगमका सम्पन्न भएको छ।
कोटेश्वर बहुमुखी क्याम्पसका प्रमुख डा.प्रकाश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वर्तमान कवितासमूहका विश्व सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्य केवल मनोरञ्जनको माध्यम नभई समाज रूपान्तरण,चेतना अभिवृद्धि र जिम्मेवार नागरिक निर्माणको सशक्त साधन भएको बताए।
उनले वर्तमान कविता समूहले विगतदेखि निरन्तर रूपमा साहित्यिक, सिर्जनात्मक तथा सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोउल्लेख गर्दै वातावरणीय संकटका विषयमा जनचेतना फैलाउन साहित्यको भूमिका महत्वपूर्ण रहने धारणा
राखे।
कार्यक्रममा सहभागी स्रष्टाहरूले वातावरण विनाश, जलवायु परिवर्तन, वन विनाश, प्राकृतिक स्रोतहरूको
दोहन, मानवीय संवेदना, सामाजिक असमानता तथा समकालीन यथार्थका विविध पक्षलाई कवितामार्फत
प्रभावकारी ढंगले प्रस्तुत गरेका थिए।
गोष्ठीमा साहित्यकार ज्ञानुवाकर पौडेलले ‘अब यो देशको उपचार हुनुपर्छ’, कृष्ण बाउसेले ‘लोकतन्त्रको हरियोमुखुण्डो’, अभय श्रेष्ठले ‘हिमालमा हिउँ छैन’, रामगोपाल आशुतोषले ‘पृथ्वीको शिरमाथि राखिएको हात’,यशोदा अधिकारीले ‘हरियो सपनाको डाम’, ठाकुर बेलबासेले ‘एउटा बस्तीको कथा’, मणि लोहोनीले ‘मृत्युकोपहिरो’, सुधीर ख्वाबीले ‘पर्यावरण मन’ तथा रजनिमिला रजनीले शीर्षकविहीन कविता प्रस्तुत गर्दै प्रकृति रमानव जीवनबीचको सम्बन्धलाई कलात्मक ढंगले उजागर गरेका थिए।
त्यसैगरी हरिप्रसाद सिलवालले ‘धर्तीको प्रियता’, भोजराज न्यौपानेले ‘चराहरूको विवेक’, भोजराज रेग्मी
‘मुखाले’ले ‘साटो हराएको सूचना’, एकता के.सी.ले ‘पर्यावरण’, किसन पौडेलले ‘दोहन’, डी.बी. बर्तौलाले
‘बुङदल झरना’, सुरेन्द्र सुवेदीले ‘पर्यावरण’, डा. हिमलाल श्रेष्ठले ‘वनको सुवासः पृथ्वीको गीत’, अमित घिमिरेले
‘मान्छे हामी बन्नुपर्छ’, प्रज्वल अधिकारीले ‘एकदिन’, राजबाबु पहाडीले ‘अन्तिम मौका’, रमी प्रियाले ‘भोक’,
धीरकुमार श्रेष्ठले ‘ओ महाशय१’, विश्व सिग्देलले ‘वृक्षरेखा पूर्णविराम थियो’, चन्द्रबहादुर लामाले ‘हरियो बिर्सनै
सक्दिन’, भवानी खतिवडाले ‘मान्छे र आशा’, चैतन्य अधिकारीले ‘छोराको सपना’ तथा सन्तोष घर्ती मगरले
‘शून्य गाउँ र सहर’ शीर्षकका कविता वाचन गरेका थिए।
कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणा, शकुन्तला जोशी र दीपक समीरले वातावरणीय चेतना,
प्रकृतिप्रेम र मानवीय उत्तरदायित्वलाई केन्द्रमा राखेर कविता प्रस्तुत गरेका थिए। गजलकार
केशव भट्टराईले सुमधुर गजल वाचन गरी कार्यक्रमलाई थप साङ्गीतिक तथा साहित्यिक उचाइ प्रदान गरेका
थिए।कार्यक्रमको मध्यान्तरमा चार जना स्रष्टाका प्रकाशोन्मुख कृतिहरूको आवरण (कभर) अनावरण गरिएको थियो।
अनावरण गरिएका कृतिहरूमा शैलेन्द्र अधिकारीको कविता संग्रह ‘तेजस्’, रमी प्रियाको कृति ‘फुल्नुअघि
नानीचा स्वां’, प्रज्वल अधिकारीको ‘अस्तित्वको ब्रह्माण्ड’ तथा दिवाकर भट्टको अंग्रेजी उपन्यास ‘द घोस्टराइटर’रहेका छन्। उक्त कृतिहरूको सार्वजनिक अनावरणले नेपाली साहित्यमा नयाँ सिर्जनाको आगमनलाई संकेतगरेको सहभागीहरूले बताएका थिए।
शब्दाङ्कुर मासिकका तर्फबाट धीरकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वातावरणीय संकट विश्वसमुदायका लागि चुनौतीको विषय बनेको उल्लेख गरे। उनले साहित्यकारहरूले आफ्नो सिर्जनामार्फत समाजमासकारात्मक चेतना प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यक्रममा सहभागी सम्पूर्ण स्रष्टा, अतिथि तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरे।
कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज अधिकारी तथा क्याम्पस प्राध्यापक संघका सभापति सुरेश पोखरेलले कविता वाचन गर्ने सम्पूर्ण साहित्यकारहरूलाई सम्मानस्वरूप मायाको चिनो
प्रदान गरेका थिए। सम्मान ग्रहणपछि स्रष्टाहरूले साहित्य र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै
वातावरण संरक्षणका पक्षमा सिर्जनात्मक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
चन्द्रबहादुर लामा र केशव भट्टराईले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा साहित्यकार, बुद्धिजीवी,
शिक्षाविद्, पत्रकार, विद्यार्थी, समाजसेवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमभर वातावरणीय चेतना, प्रकृतिप्रतिको उत्तरदायित्व, हरित विकास र दिगो भविष्यका विषयमा
गम्भीर विमर्श भएको सहभागीहरूले बताएका छन्।
वर्तमान कविता समूह, शब्दाङ्कुर मासिक, रातोघर तथा कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा भएको उक्त गोष्ठीमा साहित्य, समाज र प्रकृतिबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सम्पन्न ‘हरित काव्य गोष्ठी–२०८३’ ले विश्व वातावरण दिवसलाई सार्थक बनाउनुका साथै वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धताको सन्देश प्रवाहगरेको छ।

