
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । ]उनले ११५ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
उनका प्रतिस्पर्धी एकराज न्यौपानेले ११४ मत ल्याए । अधिकारी एक मतान्तरले सभापति चुनिएका हुन् ।
पार्टीको जिल्ला सभापति चयन गर्न शनिबार (जेठ २३) मतदान भएको थियो । खसेको २३३ मध्ये चारजनाले भने कसैलाई पनि मत नदिएका रास्वपा कास्कीले जनाएको छ ।





