
अमेरिकी सेनाले बुधबार इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरू खसाल्ने मात्रै नभएर स्ट्रेट अफ होर्मुज नजिकका लक्ष्यहरूमा पनि आक्रमण गरेको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डले केही समय अघि जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी सेनाले इरानका धेरैवटा ब्यालिस्टिक मिसाइल र ड्रोनहरू खसालेको छ।
साथै मध्यपूर्वभर इरानद्वारा गरिएका आक्रमण प्रयासहरूको जवाफस्वरूप हर्मुजस्थित केश्म टापुमा ‘आत्मरक्षात्मक आक्रमण’ गर्यो।
सो आक्रमणको प्रतिक्रिया स्वरूप इरानले हमला गरेको इरानमा शासन चलाइरहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) ले टेलिग्राम मार्फत वक्तव्य जारी गरेर भनेको छ।
गत हप्तादेखि भइरहेका लगातारका आक्रमणको क्रममा अमेरिकाले सप्ताहन्तमा पनि दक्षिणी इरानका सैन्य लक्ष्यहरूमा आत्मरक्षाका लागि हवाई आक्रमणको शृंखला चलाएको थियो।
इरानी तटको गोरुक शहर र केश्म टापुमा रहेका राडार तथा ‘कमान्ड एन्ड कन्ट्रोल’ केन्द्रहरूलाई निशाना बनाएको अमेरिकाले जानकारी दिएको थियो।
आइआरजिसीले दक्षिणी इरानको एक सञ्चार केन्द्रमा आक्रमण गरेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको जनाएको थियो।




