
काठमाडौँ । होटेल संघ, बाग्मती प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ ।
अध्यक्ष राम सुन्दर वकेको अध्यक्षतामा काठमाडौँमा भएको बैठकले विभिन्न समितिहरु गठन गरेको छ ।
बैठकले विभिन्न निकायहरुसँगको सहकार्यमा होटल तथा पर्यटन मेला आयोजना गर्ने,प्रारम्भिक बातावरण परिक्षण गर्न २५ कोठासम्मको होटललाई नपर्ने गरी व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्ने,होटललाई उद्योगसरह मान्यता दिन माग गर्ने,विभिन्न जिल्लाहरुमा पर्यटन संवाद कार्यक्रम गर्ने समेत उक्त बैठकले निर्णय गरेको छ ।
बिनोद जिररेलको संयोजकत्वमा ३ सदस्य प्रचार समिति,कोषाध्यक्षको संयोजनमा ३ सदस्यीय आर्थिक विभाग तथा वरिष्ठ सल्लाहकार घनश्याम श्रेष्ठको संयोजनमा अपिस सञ्चालन समिति समेत गठन गरेको छ । सोही बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा जिल्ला संघ गठन गर्ने समेत निर्णय गरेको अध्यक्ष बकेले इ खबर नेटलाई जानकारी दिए ।

