
काठमाडौं ।नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गर्दा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन माग गरेको छ ।
निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट स्वास्थ्य समता शुल्क अन्तर्गत तीन प्रतिशत कर उठाउन निर्णयको संघले विरोध गरेको हो। ”उपचार गराउन आएका बिरामीहरूबाट समेत कर उठाउनुले थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर छ,” विज्ञप्तिमा भनिएको छ ।
विगतमा पनि चिकित्सक संघको पहलमा कर फिर्ता गरिएको विज्ञप्तिमा भनिएको छ । अन्यायपूर्ण प्रावधान तत्काल खारेज गर्न संघले माग गरेको छ ।


