
काठमाडौँ।राष्ट्रिय मानव अधिकार आयोगले ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेलसहित विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनका घटना छानबिन गर्न आयोगले यसअघि एक समिति गठन गरेको थियो । आयोगकी सदस्य लिली थापा संयोजकत्वको उक्त समितिले उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो ।
आयोगले बुधबार ९जेठ १३० सार्वजनिक गरेको प्रतिवेदनमा युट्युबर भाग्य न्यौपाने, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमालमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
चलचित्र निर्देशक निश्चल बस्नेतमाथि समेत अनुसन्धान गर्न सिफारिस गरिएको छ । उनीहरूले प्रदर्शन भड्काउन बल पुर्याएको देखिएको आयोगले जनाएको छ ।

