काठमाडौँ। नेकपा एमालेकी संसदीय दल उपनेता पद्मा अर्यालले सभामुख डिपी अर्यालले प्रतिपक्षीलाई ठेलेरै लैजाने व्यवहार देखाएको बताएकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भएभन्दा भिन्न ढंगले सभामुख प्रस्तुत भएको उनले बताइन्।
‘आज संसदमा आइरहँदा जे दृश्य यहाँ देखिएको छ, यस्तो हुन्छ भन्ने हामीले कल्पना गरेका थिएनौं। हामी बाहिर एक खालको सरसल्लाह गरेर एउटा धारण बनाएर पनि आएका थियौं। कार्यव्यवस्थामा बिहान जुन खालको निर्णय भएको थियो। त्यहाँ भएका निर्णयलाई यहाँ कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमान्दारिताअनुरूप यहाँ प्रस्तुत हुनुपर्थ्यो, त्यो देखिएन,’ उनले भनिन्।
सभामुख इमान्दार नबनेपछि विपक्षीतर्फका सांसदहरूले आफ्नो आवाज उठाइराखेको उनले बताइन्।
‘यो सदन स्थगित गरियो। स्थगित गरेर भित्र गएर छलफल गरियो। यहाँ आएर त्यो सहमति व्यक्त गर्नेभन्दा पनि आफ्नै शैलीमा ठेलेर लैजाने जुनखालको प्रवृत्ति हामीले देख्यौं। हामी सभामुखमार्फत आग्रह गर्छौं। यो सदन सञ्चालन गर्नका लागि सहमति र सहकार्यकै आधारमा चलौं। हामीले बारम्बार यो कुरा दोहोर्याइरहेका छौं। तर सभामुखले हाम्रो भावना कुल्चेको महसुस हामीले गरेका छौं,’ उनले भनिन्।
अर्यालले अगाडि भनिन्‘यो संसद प्रतिपक्षको हो। सरकारको भजन मात्रै गाउने, सरकारको प्रशंसा गर्ने थलो होइन। यो संसदमार्फत हामीले सरकारसँग जबाफ माग्ने, सरकारसँग आफ्ना कुरा राख्ने। सरकारलाई संसदप्रति उत्तरदायी बनाउने हाम्रो कर्तव्य हो। त्यही कर्तव्यलाई हामीले पूरा गरेका छौं,’ ।
काठमाडौँ।
नेकपा एमालेकी संसदीय दल उपनेता पद्मा अर्यालले सभामुख डिपी अर्यालले प्रतिपक्षीलाई ठेलेरै लैजाने व्यवहार देखाएको बताएकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भएभन्दा भिन्न ढंगले सभामुख प्रस्तुत भएको उनले बताइन्।