
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।
जेठ ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका नेता शैलेन्द्र शाहले बताए ।
जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीको एकता भएपछि यो पहिलो बैठक हो । बैठकको कार्यसूचीअनुसार २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिने बताईएको छ ।



