काठमाडौं बैशाख ३० गते ।नेपाल ब्याडमिन्टन संघको आयोजनामा ४२ औं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ । सोही अवसरमा टिम च्याम्पियनलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे ।
जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका १ सय १५ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका प्रवक्ता बेनुपराज खत्रीले जनाएका छन् ।