बनेपा,काभ्रे।प्रगतिशील लेखक संघ,काभ्रेको आयोजनमा भएको कवि गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा कवि रामसुन्दर देउजा सुनिए ।
शनिवार आयोजित कार्यक्रममा उनले कविता तथा मुक्तकहरु सुनाएका थिए ।
प्रगतिशील लेखक संघकी सल्लाहकार नर्वदेश्वरी सत्यालको प्रमुख आतिथ्यता तथा प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित अन्य स्रष्टाहरुले पनि आआफ्नो रचना सुनाए ।
कार्यक्रममा कवि देउजालाई प्रशंसा पत्र प्रदान गरि सम्मान गरियो ।