पनौती,काभ्रे । विश्वभर बुधबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ।
समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेपछि नेपालमा पनि पहिलो पटक औपचारिक रूपमा यो दिवस मनाइएको हो।
नेपालकै प्रस्तावमा यो दिवस अन्तर्राष्ट्रिय रूपमा अनुमोदन भएपछि देशभर यसको महत्त्व झनै बढेको छ। सोही सन्दर्भमा काभ्रेको मानेश्वरी जीवनयोग प्रयोगशाला र कुशादेवी जीवनयोग प्रयोगशालाले पनि विशेष कार्यक्रम आयोजना गर्दै आदित्य मोक्षधाम पनौतीमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएको छ।
अवधारणालाई विश्वमाझ स्थापित गर्ने अवसर पाएको छ।
आरोग्य दिवसको मूल मर्म रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने उपायमा केन्द्रित रहेको छ।
