
काठमाडौँ।सम्राट चौधरीले बुधबार बिहारको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्।
चौधरी बिहारमा भारतीय जनता पार्टी (भाजपा) का पहिलो मुख्यमन्त्री हुन्।
त्यससँगै बिहारको सम्राट चौधरी मुख्यमन्त्री बन्ने बाटो नितिश कुमारको राजीनामापछि खुलेको हो।मुख्यमन्त्रीका रूपमा नितिशको करिब २१ वर्ष लामो राजनीतिक यात्रा समाप्त भएको छ।
सम्राट चौधरीसँगै विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवले पनि मन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्।



