
काठमाडौँ । मनमैजु , हिलेडोलमा रहेको लोटस क्लबमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपाल लायन्स क्लब अफ काठमाडौको पाँचौ वार्षिक साधारण सभाबाट लायन बर्ष २०२६|२७ को लागि अध्यक्षमा लायन श्याम कृष्ण महर्जन निर्बिरोध निर्वाचित भएको छ।
सो सभा बाट प्रथम उपाध्यक्षमा लायन सुरज कार्की , सचिवमा लायन उमेश कुमार शाही , कोषाध्यक्षमा लायन मणि प्रसाद श्रेष्ठ लगायत सदस्यहरु चुनिएको छ।अतिथिहरुले सम्पुर्ण नयाँ कार्यसमिटि एवम् लायन्स क्लब अफ काठमाडौ शुभ आरम्भ परिवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।| सो कार्यक्रम गत शनिवारका दिन अत्यन्तै उत्साहजनक रुपमा सम्पन्न भएको थियो।

