काठमाडौं । नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपाल र ओमानबीच रहि आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।
दुई देशविचको सहकार्यले निरन्तरता पाउने राष्ट्रपतिले अपेक्षा गरेका छन् । बुसाइदी आजै साँझ स्वेदश फर्कँदै छन् ।







