
चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सोमबारदेखि अन्तर्राष्ट्रिय मौरी सम्मेलन सुरु भएको छ ।
सोही विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाले सम्मेलनको उद्घाटन गरे ।
उनले सो सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । उनले विश्वविद्यालयले शिक्षणसहित प्रविधि र प्रसारका क्षेत्रमा हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुस्करबहादुर पाल, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल, अन्तर्राष्ट्रिय मौरी अनुसन्धान केन्द्रका प्रा.डा. फेनी हटजिना र विश्वविद्यालयका कृषि संकायका डिन डा. अर्जुनकुमार श्रेष्ठलगायतले अहिले मौरीपालनमा देखिएका समस्या र समाधानका विषयमा आफ्ना धारणा राखेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित १९ वटा देशका ७० जना विज्ञसहित २५० जनाको सहभागिता रहेको छ ।

