
काठमाडौं ।वर्षा र सहकालका देवता मानिने अमोघपास लोकेश्वरको रथयात्रा आज सम्पन्न भएको छ । बिहीबारबाट सुरु भएको रथयात्रा आज लगनमा रहेको रथबाट देवताको मुर्ति झिकेर खटयात्रा गर्दै कनकचैत्य महाबिहार( जनवहाल) मा लगेसँगै रथयात्रा समापन भएको छ ।
अमोघपास लोकेश्वरको रथ कनकचैत्य महाबिहार देखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, हुँदै लगनसम्म पुर्याइएको थियो ।
चैत शुक्लअष्टमी चैत १२ गतेदेखि सुरु भएको रथयात्रा आज सम्पन्न भएको छ । नेपालमा मनाइने विविध जात्रा तथा पर्वहरूमध्ये अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ) जात्रा ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्व बोकेको पर्व हो ।