
काठमाडौं, फागुन १५– शुक्रबारदेखि सुरु हुने २४औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा प्रथम यु–१५ राष्ट्रिय विद्यालय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) को आयोजनामा बिहीबारदेखि दुई दिनसम्म काठमाडौंमा सिनियर र उमेरसमूहमा आइटिएफ तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता हुँदै छ । उक्त दुई दिने प्रतियोगिता तयारी पूरा भएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए । महासंघको वार्षिक कार्यक्रमअनुरूप हुन लागेको प्रतियोगिता जुनियर खेलाडीलाई प्रोत्साहन र सिनियर खेलाडीलाई म्याच एक्सपोजर दिने माध्यम बन्ने संघका अध्यक्ष कार्कीले बताए । प्रतियोगिताको फाइटतर्पm पुरुषतर्पm १२ तौलसमूह र महिलामा १० तौलसमूहमा गरी कुल २२ तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ ।
प्याटर्नमा भने महिला र पुरुषको एकल प्याटर्न र ग्रुप प्याटर्नमा प्रतिस्पर्धा हुने संघका महासचिव घमबहादुर थापा मगरले बताए । सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी, एपिएफ तथा पुलिसका गरी कुल दुई ७७ खेलाडीको प्रतिस्पर्धा रहने भएको छ । प्रत्येक टोलीबाट २२ खेलाडी, एक प्रशिक्षक र एक म्यानेजर गरी २४ जना सहभागी हुनेछन् । गत फागुन १२ गतेभित्र खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी भएको महासंघले जनाएको छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछन् । प्रतियोगिताको शीर्ष तीन टोलीले ट्रफी प्राप्त गर्नेछन् । बेस्ट फाइटरले पनि ट्रफी पाउने संघका कोषाध्यक्ष विक्रम बाठा मगरले जानकारी दिए ।
फाइटमा पुरुषतर्पm २६ देखि ३० केजी तौलसमूह, ३१ देखि ३५ केजी तौलसमूह, ३६ देखि ४० केजी तौलसमूह, ४१ देखि ४५ केजी, ४६ देखि ५० केजी, ५१ देखि ५५ केजी, ५६ देखि ६० केजी, ६१ देखि ६५ केजी, ६६ देखि ७० केजी, ७१ देखि ७५ केजी, ७५ देखि ८० केजी र ८१ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिला फाइटतर्पm भने कुल १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ । जसमा २६ देखि ३० केजी तौलसमूह, ३१ देखि ३५ केजी तौलसमूह, ३६ देखि ४० केजी तौलसमूह, ४१ देखि ४५ केजी, ४६ देखि ५० केजी, ५१ देखि ५५ केजी, ५६ देखि ६० केजी, ६१ देखि ६५ केजी, ६६ देखि ७० केजी, ७१ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछन् ।







