
काठमाडौ । देशभर ६७ जनामा हैजा सङ्क्रमण देखिएको छ ।
संक्रमितमध्ये ६३ जना निको भइसकेका भने ४ जना अस्पतालमा उपचाररत छन् । संक्रमितमध्ये ललितपुरका मात्र ४७ जना रहेको हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
कैलालीमा ८ जना, काठमाडौँमा ९ जना, प्युठान २ जना र मकवानपुर १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको पनि इडीसीडीले जनाएको छ ।





