
काठमाडौ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कको पहिरोमा परी हराइरहेका मध्ये ६ जनाको शव फेला परेको छ।
४ जना अझै वेपत्ता भएको जनाइएको छ । १ जना बालकको भने उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्।
लेदोसहितको पहिराले ढोइगाउँ खोलाको पुलसमेत बगाएको छ। गत वर्षमात्रै निर्माण सम्पन्न भएको उक्त पुल करिब ३ करोड लागतमा तयार भएको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ का सदस्य लालबहादुर थापा मगरले जानकारी दिए।






