
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक आइतबार बोलाएको छ ।
आइतबार बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा उक्त बैठक बोलाइएको हो ।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयले सचिवालय बैठकका लागि एजेण्डा तय गर्नेछ । केही दिनपछि सचिवालय बैठक बस्दैछ, चिवालयका लागि एजेण्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बोलाइएको छ ।






