चैत्र १२, सबै प्रतीतिहरू या देखा पर्ने कुराहरू ग्राह्य र ग्राहक (अनुभव गर्ने र अनुभव गरिने) को द्वैत हुन्। यी दुवैको कुनै स्वतन्त्र अस्तित्व हुँदैन, त्यसैले यिनीहरू स्वभावले शून्य छन्। तर स्वभाव शून्य भएपनि यी प्रतीतिहरू झुटा वा गलत भने होइनन्, किनभने यिनीहरू देखा परिरहेका हुन्छन्।
—अन बुद्ध इसेन्स, पृष्ठ ४६ बाट