
काठमाडौं । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागमा पहिरोमा परी चार नेपालीको ज्यान गएको छ ।
त्यहाँको स्थानीय अनलाइन उत्तराखण्ड मोर्निगं पोष्टले रुद्रप्रयाग जिल्लाका विपद् अधिकारीका अनुसार चार नेपालीको मृत्यु भएको उल्लेख गरेको छ । मर्निगं पोष्टका अनुसार मृत्यु हुनेमा चितवनका हर्क सिंह, पूर्ण नेपाली, कृष्ण परियार र दैलेखका खड्कबहादुर बोहराको मृत्यु भएको जनाइएको छ ।
केदारनाथ यात्रामा रहेका यात्रीहरु खाना खाने बेला पहिरो गएको बताइएको छ।
भारी वर्षाका कारण उद्धार कार्यमा पनि कठिनाइ भइरहेको अधिकारीहरुले जनाएका छन्।


