काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
साथै देशका तराई भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।
शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया: सफा रहने महाशाखाको पूर्वानुमान छ।
राति पनि कर्णाली र सुदूरपश्चिमका भू-भागहरुमा आंशिकदेखि साधारणतया बदली रहने हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।