
काठमाडौं । यस वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित हुने ३रजस्थल त्रैमासिकलाई अर्पण गर्ने निर्णय भएको छ।
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोश समितिका अध्यक्ष पवन आलोकको अध्यक्षतामा हिजो २०८२ फागुन १६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
विश्वप्रेम अधिकारीको प्रधान सम्पादकत्वमा २९ वर्षअघिदेखि प्रकाशित हुँदै आएको ‘रजस्थल’ त्रैमासिकको १०२ अङ्कसम्म प्रकाशित भइसकेको छ ।
यसअघि उक्त पुरस्कार ‘रचना’ का सम्पादक रोचक घिमिरे, ‘दायित्व’का सम्पादक रामप्रसाद पन्त र ‘जूही’का सम्पादक चूडामणि रेग्मी र ‘नवप्रज्ञापन’का सम्पादक नवराज रिजालले प्राप्त गरिसकेका छन् ।
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार ‘रजस्थल’का प्रधान सम्पादक विश्वप्रेम अधिकारीलाई आउँदो चैत्र २२ गते आयोजना गरिने विशेष समारोहमा अर्पण गरिने बताइएको छ।





