कविता
राजीव श्रेष्ठ
आँसु
आँखाको वीटमीर छचल्किने
यी आँसुका थोपाहरू निर्मल पानी झै निरन्तर बगिदिन्छ
खुशी वा दुःखमा पनि !
कहिले यो हर्ष भैदिन्छ
कहिले यो दुःखमा साथ दिन्छ
आँसुको महत्व मानिसमात्रमा कति व्यापक छ !
दुई थोपा आँसु नै त मानिसलाई परेको
त्यस्तै समयमा मानिसले सौगात दिनसक्छ
हाम्रो वेदनामा यी आँसु कति सहयोगी भैदिन्छ
आँसु, हाम्रो प्यारो साथी
सधै सधै यी दुई आँखाहरूमा टलपलाई रहुन्
यी आँसुका मोती – विन्दुहरू ! !