
बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् ।
प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा शनिबार बसेको संसदीय दलको वैठकले यसअघि उपनेता रहेका आचार्यलाई नेता चयन गरेको हो ।
उपनेतामा भोजप्रसाद श्रेष्ठ चयन भएका छन् ।
दल नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेको बताइएको छ।







