
काठमाडौ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालालाई ‘त्रिरत्न लेबाल पुरस्कार’ तथा कवि साहित्यकार प्रद्युम्न जोशीलाई ‘गोपाल पाण्डे ‘असिम’ पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारका साथ क्रमशः एक लाख एक हजार १०१ रुपैयाँ तथा ५० हजार रुपैयाँ नगद राशि समेत प्रदान गरिएको छ ।
भाषासेवी गोपाल पाण्डे असिमको ११२ औं जन्मजयन्तीको अबसरमा उक्त पुरस्कार प्रदान गरियो ।
उक्त अवसरमा २०८० को एसइइ परीक्षामा दरवार हाइस्कुलबाट नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने मन्दीप श्रेष्ठलाई पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
नेपाली शिक्षा परिषदले प्रदान गरेको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जयराज आचार्य र वरिष्ठ साहित्यकार रमा शर्माको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा डा.जयराज आचार्य, प्रा.डा. कोइराला, कवि जोशी, रमेश गौतम, ठाकुर बेलवासे, परिषद्की अध्यक्ष रमा शर्मा, शंकरप्रसाद पाण्डे लगायतले बोलेका थिए ।





